बुटवल । नेपाली कांग्रेस प्रदेश नं ५ का विपक्षी दलका नेता बलदेब शर्मा पोखरेलको निधन भएको नवौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ । गत माघ ६ गते ८२ बर्षको उमेरमा पोखरेलको मृत्यु भएको थियो ।
कांग्रेस संसदीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभा मा बोल्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई स्थापित गर्ने एक योद्धा गुमाउदा पिडाबोध भएको बताए । शर्माको अभावमा नेपाली कांग्रेसले उनले देखेको सपना पूरा गर्नुपर्ने बताए । कांग्रेसले त्याग र असल संस्कार उनीबाट सिक्नुपर्ने उनले बताए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको सफलतामा शर्माको समेत भुमिका रहेको भन्दै उनको जीवनशैलीबाट प्रेरणाा लिन सकिने मुख्यमन्त्रीले बताए । राजनीतिक टिकाटिप्णीबाट अपबाद रहेका शर्मा र उनको जीवनशैलि सबैले अनुसरण गर्नु पर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।
उनले शर्माको योगदानको तलमाथि हुन नदिने र असल परम्परालाई स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यस्तै श्रद्धाञ्जली सभामा बोल्दै सभामुख पुर्ण बहादुर घर्तीले संसदमा शर्माले खेलेको भुमिकाको उच्च कदर गरिने बताए । सादगी जिन्दगी बिताउने, लाभको पद नसोच्ने स्वभाव भएका शर्माको जिवनलाइ सबैले अनुसरण गर्नुपर्ने बताए ।
त्यस्तै नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले नेता पोखरेलले संसदमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै अधुरा कार्यहरू सबै मिलेर सम्पन्न गर्ने बताए । उनले पोखरेलको निधनले बाटो नबिराई हिड्ने पाठ सिकाएको समेत बताए ।
नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पोखरेलको निधनले संसदमा अभिभाकत्व गुमाएको बताईन । नेपाली राजनिती भित्र आन्दोलनको अगुवा गर्ने पोखरेलको निधनले संसदमा कांग्रेस अपुरो हुने बताईन ।
कार्यक्रममा कांग्रेस संसदीय दलका उपनेता बिरन्द्र कनौडिया, प्रमुख सचेतक सुरेन्द्र हमाल, सांसद बैजनाथ कलवार, समाजबादीका सहषराम यादव, राजपा नेतृ कल्पना पाण्डे लम्साल लगायतले बोल्दै पोखरेलको निधनले क्षती पुगेको बताए ।