बुटवल । उपभोक्ता हित संरक्षण मन्च नेपाल, बुटवल उपमहानगरपालिकाको आयोजनामा तिहार, छट तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त चियापान कार्यक्रममा प्रमुख अतिथि तेजकुमार पाठकले उपभोक्ता हित सँरक्षण मञ्च संविधान प्रदत्त शोषण विरुद्धको अधिकारको पैरवी गर्ने सँस्था भएकोले सबै उपभोक्ता कर्मीको उपभोक्तालाई ठगिनबाट जोगाउन सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले प्रादेशिक सँरचनासहितको पारित भएको ऐन, १० वर्षे कार्ययोजनाको नमुना, अन्तरराष्ट्रिय एवार्ड पाएको विषयमा विचार राख्दै आयोजक अध्यक्ष समुद्र जिसीको सक्रियता र कार्यशैलीको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेश सचिव दुर्गा गौतम, बुटवल नगरपालिकाका अध्यक्ष समुद्र जिसी, तिलोत्तमा नगरपालिकाका अध्यक्ष तुलसीराम भण्डारी, सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष नरेन्द्र भण्डारीले आ–आफ्नो नगरपालिकामा भइरहेका काम र अनुगमनको विषयमा मौखिक प्रतिवेदन प्रस्तुत गर्दै चुनौती र सम्भावनाको विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा उपभोक्ता कर्मी तेजनारायण गैरे, लेखनाथ घिमिरे, गिरीप्रसाद गैरे, राधिका खरेल, मिनाकुमारी चिदी, शुकबहादुर नेपाली, मोहन पाण्डे, राजुप्रसाद लिगल, पुष्पा शर्मा न्यौपाने, ऋषि आजादले शुभकामना आदान प्रदान गर्दै उपभोक्ता अभियानका विषयमा थुप्रै जिज्ञाशा र उपलब्धिहरुको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा दूग्ध विकास सहकारीको तर्फबाटबाट अध्यक्ष शोभाकर भण्डारी, होटल व्यवसायीको तर्फबाट नन्दराम भुसालले शुभकामना विचार तथा सुझाव राख्नु भएको थियो । कार्यक्रममा कार्य सहजीकरणको लागि सबै गाउँ नगरपालिकाको प्रतिनिधित्व हुने गरी जिल्ला समन्वय कमिटी बनाउन तिलोत्तमा नगरपालिकाका अध्यक्ष तुल्सीराम भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।