बुटवल । देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देहीको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्ष अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो ।
देवदह आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि ३ जना प्रतिष्पर्धामा थिए । नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियु संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट नेवि संघका माधव भट्टराईले उम्मेदवारी दिनुभएको थियो ।
त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिका लागि धनी कुमारी पन्थी उम्मेदवार हुनुहुन्थ्यो ।
त्यस्तै कोषाध्यक्षमा सोबराज जैसी, सचिवमा गौराब ज्ञवाली, सदस्यहरुमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरि विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।