बुटवल । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले आज हुने सबै उडान रद्द गरेको छ।
आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले आज हुने भनिएका सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।
आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।