बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बिहीबारदेखि हुन लागेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पूरा भएको छ । मेलाको उद्घाटन तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले गर्ने आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिनुभयो ।
तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमाको सहआयोजनामा सञ्चालन हुने महोत्सवमा तीन सय स्टल रहने तिलोत्तमा उद्योग ब्यापार संगठनका सचिव युवराज पराजुलीले बताउनुभयो ।
उक्त महोत्सवमा ब्याडमिन्टन, महिला कुस्ती, डान्स आइडल लगायतका विभिन्न प्रतियोगिताहरु समेत राखिएको खेल संयोजक विवश थापाले जानकरी दिनुभयो । थापाका अनुसार महोत्सव मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ ।
कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला सञ्चालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्ने भएका हुन् । मेलामा आकर्षक सेल्फी जोनको पनि निमार्ण गरिने र आकर्षक गेट समेत निर्माण गरिएको छ । मेला अवधिभर स्थानीय तथा राष्ट्यि कलाकारहरुको संगीतिक प्रस्तुति रहने सांँस्कृतिक संयोजक भूपति न्यौपानेले बताउनुभयो ।