बुटवल-रिक्त भएको साढे ६ महिनापछि प्रदेश ५ को प्रदेश सभाले विपक्षी दलको नेता पाएको छ। मंगलबार बुटवलमा बसेको कांग्रेस संसदीय दलको बैठकले हाल उपनेता रहेका विरेन्द्र कनोडियालाई दलको नेता चयन गरेको हो।
कनोडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए। कनोडिया कपिलवस्तु ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
२०७६ साल माघ ८ गते बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा विपक्षी दलको नेताको पद खाली थियो। आम निर्वाचन २०५६ मा कपिलबस्तुबाट प्रतिनिधि सभामा सदस्य भएका कनोडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए।