रुपन्देही । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही बिकासमा निकै अगाडि रहेको बताउनुभएको छ ।
बुटवलको कालिका मानवज्ञान माविमा आज आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमूना बनेको उल्लेख गर्नुभयो । उहाँले बिकास सिक्नका लागि र बिकास बुझ्नका लागि रुपन्देही उपयुक्त पाठशाला हुने बताउनुभयो ।
अरुले कल्पना नगरेको बिकासको सुरुवात भएको दाबी गर्दै मुलुकको शैक्षिक केन्द्रको रुपमा रुपमा समेत रुपन्देहीलाई अगाडी बढाउने गरी काम भइरहेको बताउनुभयो ।
शैक्षिक बिकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाउँदै उहाँले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।