सैनामैना । समृद्ध सैनामैना नगरपालिका बनाउन आफुले नेतृत्व गरिरहेको पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएको छ । सैनामैना व्यापार संघको विहीवार आठौं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख अतिथि पौडेलले आफ्नो निर्वाचन क्षेत्र पनि भएकोले सैनामैनाको समग्र विकासका लागि आफुले नेतृत्व गरिरहेको र आगामी दिनमा पनि नेतृत्व गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सैनामैना पर्यटकीय सम्भावना बोकेको पालिका रहेको चर्चा गर्दै नेपालमा अर्थतन्त्रमा पर्यटन व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । पौडेलले भन्नुभयो- ‘सैनामैनामा दोस्रो पशुपतिनाथ भनेर चिनिने पर्रोहा बोलबम धाम, मलमला मन्दिर,पर्यावरणीय पार्क, ५७ किलोमिटर चक्रपथ र लुम्विनीसँग जोडिएका सडकहरु ल्गायतले पनि समृद्ध सैनामैना बनाउन टेवा पु¥याउनेछन् ।
’यहाँ निर्माण हुँदै गरेका र डिपिआर प्रक्रिया सम्पन्न भइसकेका दीर्घकालिन आयोजनाहरुका लागि पनि आफुले आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।
व्यवसायीहरूले पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने हुँदा सबै व्यापारी तथा व्यवसायीहरुलाई वाणिज्य क्षेत्रमा जोड्न जरुरी रहेकोमा पौडेलले जोड दिनुभयो । सैनामैनालाई उन्नत नगरको रुपमा विकास गर्न चाहेको बताउँदै नागरिकको दायित्व पूरा गरि समयमै कर बुझाउनसमेत व्यापारीहरुलाई पौडेलले अनुरोध गर्नुभयो । एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले संस्थाको भवन निर्माणका लागि आवश्यक सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।
लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले व्यापारीहरुको साझा संस्थाको रुपमा रहेको सैनामैना व्यापार संघको सबल र दुर्बल पक्षहरु छुट्टाइ आगामी योजनाहरुलाई सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सैनामैना नगरपालिका संस्थापक नगरप्रमुख चित्र बहादुर कार्कीले स्थानीय उत्पादनलाई जोड दिदै आजको व्यापारी भोलिको उद्योगपति बन्ने उद्देश्यका साथ यहाँका व्यवसायीहरु अघि बढ्नुपर्ने बताउनुभयो ।
व्यापारीहरुको साझा संस्था सैनामैना व्यापार संघले यहाँका व्यापारीहरुको रक्षा र हकहितका लागि काम गर्नुपर्ने कार्कीको भनाइ छ । केपी शर्मा ओलीको सरकारले एक पालिका एक औद्योगिक ग्रामको नीति लिएकोले वडा नं. ७ पनि औद्योगिक गा्रमका लागि प्रक्रिया अघि बढीसकेको उहाँले बताउनुभयो ।
सुन्दर र समृद्ध नगर बनाउन यहाँका नीजि तथा सरकारी संस्थाहरुसँग सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो । व्यवसायीहरुको उत्थानका लागि चेम्बर अफ कर्मस सदैव आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको चेम्वर अफ कर्मस लुम्विनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरलको भनाइ छ ।
यस्तै देश निर्माणमा व्यापारको आवश्यकता,सामाजिक हितसँगै व्यवसायिक एकता भन्ने नाराका साथ स्थापित सैनामैना व्यापार संघको आठौँ स्थापना दिवस व्यावसायिक कला प्रशिक्षण कार्यक्रमसहित मनाइएको हो । कार्यक्रममा इन्टरनेशनेल मोटिभेशनल ट्रेनर योगी नवराज छमले व्यवसायीलाई उत्प्रेरणमुलक प्रशिक्षण दिनुभएको थियो ।