बुटवल– रुपन्देहीमा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय भैरहवाको टोलीले तिलोत्तमा १४ बिन्दुनगरबाट एक थान पेस्तोलसहित स्थानीय सन्दिप थापालाई पक्राउ गरेको हो।
फलामको ब्यारेल र काठको ग्रीप भएको एकथान पेस्तोलसहित थापालाई पक्राउ गरिएको रूपन्देही प्रहरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए।
पक्राउ परेका थापालाई रुपन्देही जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।