काठमाडौँ । मदन पुरस्कार गुठीले 'मदन पुरस्कार–२०७७' का लागि ९ पुस्तकहरु छनोट गरेको छ । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको हो ।
श्रेष्ठ ९ कृतिमध्ये बुटवलका कवि गिरी श्रीष मगरको काव्य संग्रह 'एकलव्यको देब्रे हात' पनि छनोटमा परेको छ ।
अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको आधार बनाइएको गुठीले जनाएको छ । छनोटमा परेका कृतिमध्यबाट एक कृतिलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार दिइने छ ।
श्रेष्ठ सूचीमा परेका ९ पुस्तक :
- एकलव्यको देब्रे हात
- करिया
- कल्प-ग्रन्थ
- नृत्याक्षर विज्ञान
- फिलिङ्गो
- फुलाङ्गे
- मोक्षभूमि
- रमिते
- लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)