बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ गराउने गरी तयारी गरीएको छ ।
नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि शुक्रबार महरा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले, जसपा, नाउपा, नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
महराले एमाले तथा सरकारमा सहभागी साना दलहरुसँग छलफल गरेर सानो मन्त्रीमण्डल बनाउने तयारी गर्नुभएको छ ।