बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिताको उपाधि देवदह बोर्डिङ स्कुल र न्यु नमुना बोर्डिङ स्कुल देवदहले जितेका छन् ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा भएको लोक नृत्य तथा गायन प्रतियोगितामा नृत्यतर्फ देवदह बोर्डिङले र गायनतर्फ न्यु नमुना बोर्डिङले उपाधी जितेको हो ।
नृत्यतर्फ विजयी हुने समुहले नगद १० हजार तथा गायनतर्फ विजयी न्यु नमुनाका विद्यार्थी स्पर्श अधिकारीले ५ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पार्नुभयो । प्रतियोगितामा नृत्यतर्फ १६ समुह र गायनतर्फ १३ जना विद्यार्थीले प्रतिस्प्रर्धा गरेका थिए ।
प्रतियोगितामा नृत्यतर्फ स्कलर्स होम बुटवल द्वितीय, न्यु नमुना तृतिय र लुम्विनी बोर्डिङले प्रोत्साहन पुरस्कार जितेको नेशनल प्याब्सनका सहसचिव विनोद थापाले जानकारी दिनुभयो ।
उनीहरुले क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारे । यस्तै गायनतर्फ ग्यालेक्सि बोर्डिङ बुटवलका विद्यार्थी अमन काफ्ने द्वितीय, स्कलर्स होम बोर्डिङ स्कुल बुटवलका विद्यार्थी रेनुका सुनार तृतिय र एचिभर्स एकेडेमीका विद्यार्थी निनिशा थापाले प्रोत्साहन पुरस्कार हात पार्नुभयो । उहाँहरुले क्रमश ३ हजार ५ सय, २ हजार र १ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारेको सहसचिव थापाले जानकारी दिनुभयो ।