काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सक्रमितको संंख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो । २५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको उनले बताए।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा स्वास्थ्य विज्ञसहितको बैठकले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा लक डाउन गर्न सुझाव दिएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
उनका अनुसार नेपालको स्वास्थ्य संस्थाहरुले २५ हजारभन्दा बढी कोरोना संक्रमितको भार थान्न नसक्ने भएकाले त्यो अवस्थामा लक डाउन नै नियन्त्रणको विकल्प भएको निष्कर्ष निकालेको हो। गौतमका अनुसार बुधबार नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ रहेको छ।
बुधबार थप एक हजार एक सय ७२ जना संक्रमित भएका छन्। मन्त्रालयले संक्रमणदर तीव्र गतिमा बढिरहेकाले बढिरहेकाले एक महिनासम्म धेरै मानिस जमघट हुने खालका कुनै पनि व्यवसाय वा कार्यक्रम नगर्न आग्रह गरेको छ।
त्यस्तै स्वास्थ्यको विशेष बैठकले कोरोना नियन्त्रण तथा उपचारका लागि जहाँ जहाँ खर्च भएको छ त्यहीँबाट तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छ।